Aamsanchar

अमेजनले माग्यो ३० हजार कर्मचारी

Author Image
आइतवार, असोज ५, २०७६

विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक रहेको अमेजन विश्वमा धेरैलाई रोजगारी दिने कम्पनी मध्येको पनि एक हो । हालै अमेजनले ३० हजार पदका लागि आवेदन खुल्ला गर्यो । अमेजनमा जागिर खान को नचाहला र ? त्यसैले ३० हजार पदका लागि २ लाख ८ हजार जनाले निवेदन दिएका छन् । सिएनएनका अनुसार अमेजनले दक्ष तथा अनुभवी कामदार भर्नाका लागि उक्त आवेदन खुलाएको हो । अर्थात् अमेजनमा आवेदन गर्ने ती २ लाख भन्दा धेरै मानिसहरु दक्ष तथा अनुभवी हुन् । अमेजनको भर्ना केन्द्रमा रहने सुरुवाती तहका कामदारका साथै सफ्टवेयर डेभलप गर्ने इन्जिनियर समेतका लागि अमेजनले आवेदन खुलाएको हो ।

अमेजनले भर्ना लिने ती सबै ३० हजार नयाँ कर्मचारीहरु स्थायी हुनुका साथै फुल टाइम समेत हुनेछन् । साथै उनीहरुले कानून बमोजिमको न्यूनतम ज्याला प्राप्त गर्नुका स्वास्थ्य सुविधा र महिलाको हकमा २० हप्ताको तलबी सुत्केरी विदा समेत पाउनेछन् । स्मरण रहोस् सक्षम तथा दक्ष जनशक्ति भित्राउनका लागि अमेजनले अमेरिकामा करिअर डे नामका कार्यक्रम गर्ने गरेको छ । अमेरिकाका ६ सहरमा भैसकेका त्यस्ता कार्यक्रममा जागिरको खोजीमा रहेका हजारौँ मानिसहरु सहभागी भएका छन् । स्मरण रहोस् कार्यस्थलमा निकै कठिनाइ रहेको र कामदारहरुलाई अत्यधिक काम गराउने भन्दै विगतमा अन्तराष्ट्रिय रुपमै अमेजनको आलोचना हुने गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर