बिर्तामोड । नेपाल दशनामी समाज अर्जुनधारा नगरपालिका ११ ले चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले राधेश्याम गिरीको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुसिला भारती, सचिव देवराज भारती, कोषाध्यक्षमा सुनिता भारतीलाई चयन गरेको हो । त्यस्तै सदस्यमा लक्ष्मी भारती, विष्णुप्रसाद गिरी, तुलसा गिरी चयन गरेका छन् ।
अर्जुनधारा–११ सालवारीमा सोमवार भएको बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले लेखा समितिको संयोजकमा कला पुरी र सदस्यमा पदम गिरी र टंकप्रसाद गिरीलाई चयन गरेको छ । त्यस्तै कोषको संरक्षक समितिको संयोजकमा सूर्यप्रसाद गिरी र सदस्यमा गणेश गिरी र अर्जुन गिरी चयन भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी रहेका थिए । स्वागत संस्थाक सदस्य गणेश गिरीले गरेको कार्यक्रममा दशनामीका जीवनाथ गिरी, शारदा गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अर्जुन गिरीले गरेका थिए ।
संस्थामा ५ लाख ४६ हजार ८ सय ९० रुपैयाँ रहेको छ । संस्थाले ४ बर्षमा एकलाख ४४ हजार एकसय ८५ रुपैयाँ नाफा गर्न सफल भएको छ भने यसबर्ष २ हजार ९ सय ६० रुपैयाँ भएको खर्च भएको जनाइएको छ । मर्दापर्दा सहयोग गर्ने उदेश्यले गठन भएको समितिले बन्धुहरुमा समस्या पर्दा सहुलियत दरमा ऋण दिने गरेको छ । सोही कार्यक्रमका विच बृद्धा पद्माकुमारी गिरी र बृद्ध रामप्रसाद गिरीलाई सम्मान गरिएको थियो ।