Aamsanchar

कनकाई नगरमा बनाईयो विपन्न वर्गलाई फेरी २० वटा घर

Author Image
बुधवार, असोज ८, २०७६

धुमा हेमरमले पाएको नयाँ घर ।

चारपाने, असोज ८ । गाँस, बाँस र कपास मानिसका आभारभूत आवसेकताका कुरा हुन । यि कुराहरु परिपूर्ती गर्न मानिस आफै संर्घष गरिनै रहेको हुन्छ, तर समाजमा धेरै व्यक्ती र परिवार संर्घष गर्दागर्दै पनि बाच्न पाउने आभारभूत कुरालाई पुरा गर्न सकिरहेका हुदैनन । त्यस्ता विपन्न अशक्त व्यक्तीहरुको सहारा सरकार बाहेक कोही रहेको हुदैन, त्यस्ता व्यक्ती परिवारको मन र मुहारमा खुशी ल्याउने काम स्थानिय सरकारको दाहित्वमा पर्ने भएकोले कनकाई नगरपालिकाले विगत बर्षबाट मेयर आवास कार्यक्रम लागु गरेको छ ।
२०५० साल भन्दा अघि देखि कनकाई नगरमा बसोबास गर्ने विपन्न नागरिकलाई आवास कार्यक्रम अन्तरगत घर निर्माण गरेर हस्तान्तरण गर्नेकाम नगरपालिकाले गर्दै आएको छ । बुधबार वडा नम्बर ८ सिमलडाँडाकी खड्गकुमारी मैनाली र भेटुवाल गाउँका धुमा हेमरमको मुहार निकै हसिलो थियो । उनिहरु खुशीहुनुको कारण भने बर्षौदेखि भरपर्दो घर बनाउन नसकेर कष्टकर जीवन विताई रहेको अवस्थामा नगर आवास कार्यक्रम मार्फत नयाँ घर पाएपछि उनिहरु निकै खुशी देखिएका हुन ।

धुमा हेमरमको पुरानो घर ।

नगर प्रमुख राजेन्द्र पोखरेल, वडा अध्यक्ष प्रेमबहादुर कटुवाल, परिषद सदस्य सुनिता सिग्देल लगायतको टोली घरमै पुगेर उनिहरुलाई बुधबार दुईवटा घर हस्तान्तरण गरिएको छ । दुईलाख रुपैया मेयर पोखरेलले निजी खर्च लगाएर र नगरबाट २५ लाख, सहारा नेपालबाट १५ लाख र तराई मधेस समृद्धि कार्यक्रम मार्फत ४० लाखले हाल सम्मामा जग्गा समेत नभएका परिवारहरुका लागि १७ वटा घर पहिले निर्माण गिरि सकिएको छ, त्यसमा चारवटा घर पाटेसन सहित धेरै परिवार बस्न मिल्ले खालको बनाईएको छ । जग्गा भएका घर नभएकाहरुको लागि २० वटा घर भने दोस्रो चरणमा निर्माण गरिएको बताईएको छ ।

खड्गकुमारी मैनाली आमा छोरा मेयरलाई आभार प्रकट गर्दै ।

कार्यक्रम मार्फत सिमेन्टको फण्डिसन,पिल्लर, छाँनो जस्तापाता र बेराबारा २५ बर्ष सम्म टिक्ने बाँसको चित्रा लगाएर बनाईएको छ । त्यसै गरि नगरपालिकाले उज्यालो नगर कार्यक्रम अन्तरगत विद्युत मिटर वितरण कार्यक्रमलाई पनि तिब्र रुपमा अघी बढाई रहेको छ । जस अनुसार ४ सय १५ वटा मिटर अनुदान दिन सुरु गरेको छ, हाल सम्म २ सय ८५ वटा मिटर वितरण गरिसकिएको नगर प्रमुख पोखरेलले बताए ।

वडा जनप्रतिनिधी, स्थानियहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर