संयुक्त राष्ट्र संघका पुर्व महासचिव स्वर्गीय कोफ़ी अन्नानले भन्नु भएको थियो “परमाणु हथियारहरु देखि कुनै एक देशको लागि पैदा भएका खतरा, सबै देशहरुको लागि खतरा मान्नुपर्छ।” विश्वलाई नै परमाणु निषेध बनाउने संयुक्त राष्ट्र संघको सबैभन्दा पुरानो लक्ष्य हो। यो सन् १९४६ मा बसेको राष्ट्रसंघ महासभाको पहिलो संकल्पको विषय पनि बनेको थियो।
पृथ्वीलाई सुकेको पात जस्तै हल्लाईदिन सक्ने र चोईटा चोईटामा परिणत गर्न सक्ने न्यूक्लीएर अर्थात थर्मोन्यूक्लीएर शक्तिहरु अहिले विश्वका धेरै देशहरुसंग छ । यिनै हतियारको बलमा शक्तिको प्रर्दशन गर्ने अनि एकअर्कालाई चेतावनी दिन धेरै देश र तीनका सरकारहरु तल्लीन रहेका छन् । बालबच्चाहरुले पोषीलो खान नपाइरहेको अनि एकसरो लूगापनि राम्रोसंग नपाउने विश्वका अधिकांश जनसंख्या गरिबिको रेखामूनी छन् । तथापि यहाँ धेरैभन्दा धेरै पैसा अनि अध्ययन परमाणु हतियारको बिकासमा खर्च भइरहेको छ ।
अहिलेको समयमा विश्वका ठुला नेताहरूको चासो र चिन्ताको बिषय भएका परमाणु हतियारको सुरक्षा कसरी गर्ने भन्ने रहेको छ। जुनसुकै बेलामा यी हतियार विश्वका विभिन्न मुलुकमा सक्रिय आतङ्कवादी सङ्गठनको हातमा पर्नसक्छ र यदि त्यस्तो भयो भने विश्व झन् असुरक्षित हुने निश्चित छ । सन् १९४५ को अगस्त ६ मा आणविक प्रहारमा परेको हीरोशीमा र नागासाकीमा अझैपनि रुख या बिरुवाहरु उम्रन सकेका छैनन्। यसबाटै अन्दाज लगाउन सकिन्छ परमाणु शक्तिको दुरुपयोगले मानवतालाई कसरि ध्वस्त पार्न सक्छ। विश्वका थुप्रै मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई कसरी सुरक्षा दिन्छ ? सोच्नुपर्ने बेला आएको छ । यहि सबै कुरा विचार गरेरै होला महान वैज्ञानीक अल्वर्ट आईन्सटाईनले भन्नुभएको थियो, मलाई तेश्रो विश्वयूद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथों विश्वयूद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छू के विश्व फेरी ढुंगे युगमा फर्कन सक्छ त ?
यहि संवेदनशील र सोचनीय विषयलाई केन्द्रित गरेर संयुक्त राष्ट्र संघले आज सेप्टेम्बर २६ का दिन अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस मनाउने गर्दछ। परमाणु हतियारको साहयताले कुनै पनि युद्ध जितिदैन , यसको प्रयोग सधै हार नै हुनेछ। मानवताको लागि भएपनि परमाणु हतियार निर्मुल पार्नु अति आवश्यक छ।