Aamsanchar

हर्सोउल्लासका साथ कनकाई उद्योग बाणिज्य संघको पद हस्तान्तरण

Author Image
सोमवार, भदौ १३, २०७३

कनकाई उद्योग बाणिज्य संघ सुरुंङाको नया कार्यसमितलाई पदहस्तान्तरण तथा सफत ग्रहणको कार्यक्रम सम्पन्न भएको छ ।निर्वतमान अध्यक्ष युवराज संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि झापा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजु पनेरुले गरेका थियो ।

सयौ व्यवसायीहरुको उपस्थिती रहेको कार्यक्रममा नव निर्वाचित अध्यक्ष कुमारमणी पोखरेललाई निर्वाचन समिति संयोजक भवानीप्रसाद मैनालीले सफत ग्रहण र प्रमाण पत्र हस्तान्तरण गरेका थिए भने अध्यक्ष पोखरेलले आफ्नो टिमका  कार्यसमिति पदाधिकारीहरुलाई सफत ग्रहण गराएका थिए ।

कनकाई नगरका राजनितिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख र उद्योगी, व्यापारीहरुको उल्लेखनिय उपस्थितिले कार्यक्रमलाई उल्लासमय बनाएको थियो । 
उता चुनावमा अध्यक्ष पदमा उपविजेता बनेका लिलाप्रसाद चिमरिया र उनका केही समर्थक समुहले चुनावमा घोटला गरेर  चुनाव जितेको भनी पुन निर्वाचनको माग राख्दै जिल्ला प्रसाशन कार्यालय झापामा मुद्धा हालेका छन ।

तस्वीर : विनोद पाण्डे/आमसंचार

2

 

1

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर