अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा भएको सडक दुर्घटनामा परि एकजना नेपालीको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास घर भएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटाको सडक दुर्घटनामा मृत्यु भएका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। हिजो विहान मर्निङ वाकमा रहेका सापकोटालाई बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिएको थियो।
कारको ठक्करबाट सापकोटाको मृत्यु भएको स्थानीय एनआरएन अभियन्ता पुरूषोत्तम बोहोराले जानकारी दिए। सापकोटाको निधन भएको खबरले उनकी श्रीमती विमला सापकोटा मुर्छा परेकी थिइन्। उनलाई अस्पताल भर्ना गरिएको छ। मृतक सापकोटाको पार्थिव शरीर स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। उनका छोरी–ज्वाइँको सल्लाहअनुसार मृतकको अन्त्येष्टीका बारेमा निर्णय गरिने बोहोराले बताए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 166