बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले वडादशैंको घटस्थापनाका दिन बन्धुहरुको फोटो तथा पारिवारिक विवरणसहितको स्मारिका विमोचन गरेको छ । नगर समितिले झापाको चारपानेमा आइतवार स्मारिका विमोचन गरेको हो ।
नेपाल दशनामी समाज झापाको भवनका लागि ४ कठ्ठा जग्गा प्रदान गर्ने तथा विभिन्न संघ-संस्थालाई आर्थिक सहयोग गर्ने मानबहादुर गिरीले स्मारिकाको विमोचन गरेका हुन् । स्मारिकामा परिवारको तीनपुस्ते, श्रीमान र श्रीमतीको फोटो रहेको छ भने स्मारिका एकसय २० पेजको छ । स्मारिका ५ सयप्रति प्रकाशन गरिएको छ ।
विमोचन कार्यक्तम नगर समिति अध्यक्ष अर्जुन गिरीको अध्यक्षता तथा स्मारिका प्रकाशन समितिका संयोजक पदमबहादुर पुरीको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रममा दशनामी समाजका केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरीको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, दशनामी समाजका जेष्ठ नागरिक अम्वरबहादुर गिरीको विशेष आतिथ्यता रहेको थियो ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि स्मारिका प्रकाशन समितिका संयोजक पदमबहादुर पुरी ‘प्रकाश’ ले प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि मानवहादुर गिरी, केन्द्रीय सल्लाहकार हर्कलाल गिरी, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरी, एकल महिला सरिता पुरी, र स्मारिकामा विज्ञापन दिएर आर्थिक सहयोग गर्नेलाई नगर तथा स्मारिका समितिले सम्मान गरेको थियो ।
कार्यक्रममा हर्कलाल, गोबिन्दविक्रम, चन्द्रप्रसाद, सहिद पिता तथा प्रदेश नं.१ सल्लाहकार केदार सम्शेर गिरी, जेष्ठ नागरिक अम्वरबहादुर गिरी, दशनामी झापा महिला अध्यक्ष पार्वता गिरी, दशनामीका मेचीनगर नगर अध्यक्ष ध्रुव गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष तथा नगर सल्लाहकार एकराज गिरी, नगर सल्लाहकार तथा प्रदेश नं. १ सदस्य बालकृष्ण गिरी, नगर सल्लाहकार शंकर गिरी, सन्तोष गिरीलगायतको उपस्थिति थियो ।