Aamsanchar

उपभोक्ता समिति अध्यक्षको मृत्यु, गौरादह नगरपालिका भवन तोडफोड

Author Image
मङ्गलवार, असोज १४, २०७६

गौरादह :  स्थानिय स्तरमा सोझा सिधा जनताले सरकारलाई सघाउन विभिन्न पदमा रहेर काम गर्ने गरेका हुन्छन, तर काम गरेपछि  कर्मचारीले अनेक झन्झटिला काम देखाएर समयमा भुक्तानी नदिने, धेरै पटक धाउन बाध्य बनाउने चलन पुरानै हो । त्यही शैलीका कारण कयौ सर्बसाधारणले धेरै दुःख पाएकका पनि छन । त्यस्तै समस्याले गौरादहमा स्थानिय र नगरपालिका बिच सम्बन्ध चिसिएको छ ।

स्थानीय उपभोक्ता समितिका अध्यक्ष धनबीर राजवंशीको मृत्यु भएको विषयलाई लिएर आज मंगलबार झापाको गौरादह नगरपालिकाको कार्यालय भवनमा ढुंगामुढा भएको छ ।

गौरादह–८ स्थित बैराती टहरा निर्माण उपभोक्ता समितिका अध्यक्ष राजवंशीको सोमबार बिहान मृत्यु भएको थियो । आईतबार टहरा निर्माणको भुक्तानी लिन आएका राजवंशी भुक्तानी नपाएपछि नगरपालिकाको कार्यालयमै बेहोस भएर ढलेका थिए ।

नगरपालिकाका इन्जिनियर सचिनकुमार क्षेत्रीले बिभिन्न कारण देखाएर भुक्तानी नदिएकोले तनावका कारण राजवंशीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीय सोमबारदेखि विरोधमा उत्रिएका छन् । उनीहरुले मृतकको शव नगरपालिकामा राखेर नगरपालिका घेराउसहित विरोध प्रदर्शन गरिरहेका छन् ।

विरोधमा उत्रिएका प्रदर्शनकारीले मंगलबार बिहान नगरपालिकाको कार्यालयमा ढुंगामुडा गर्दै तोडफोड गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर