चारपाने, असोज २५। अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो अधिवेशनको उदघाटन सत्र आज बिर्तामोडमा सम्पन्न भएको छ ।
सम्वृद्धी झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने नाराका साथ आयोजना भएको दोस्रो अधिवेशनकै क्षणमा विभिन्न सामाजिक क्षेत्रमा सहयोग पनि गरिएकोे छ । झापाको कमल गाउँपालिकामा रहेको बाढी पिडित मिस्त्री बस्तीका ९ परिवारलाई घर, कचनकवल गाउँपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडलाई एक एक वटा एम्बुलेन्स अनि झापा गाउँपालिका स्थित भृकुटी आधारभूत विद्यालयमा भवन निर्माण गरि हस्तानतरण गरिएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आथित्यता प्रदेश १ का आन्तिरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै झापाली समाजले गरेका सामाजिक योगदान उदाहरणियछन अव समाजले झापाका हजारौंलाई रोजगारी प्राप्त हुने खालको उत्पान क्षेत्रमा आफ्नो अग्रसरता देखाउन प्रमुख अतिथि कार्की, प्रतिनिधी सभा सदस्य एलपी सावा, राजेन्द्र लिङदेन, नेपाली काँग्रेस झापा सभापती उद्धव थापा, कमल गाउँपालिका प्रमुख मेनुका काफ्ले लगायतका वक्ताहरुले अन्तर्राष्ट्रिय झापाली समाजकाका पदाधिकारी र सदस्यहरुमा आग्रह गरेका थिए ।
संस्था स्थापना भएको दुईबर्षमा भएका प्रगति बिवरण अध्यक्षले पोखरेलले सार्वजनिक गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदमा ४० लाखको मिस्त्री बस्ती निर्माण र राहत वितरणका काम संगै अव झापामा १ अर्व रुपैयाको सामाजिक काम गर्ने योजना लगाएतका धेरै काम बारे जानकारी गारईएको थियो ।
कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष छत्र सुब्बाले गरेका थिए भने समाजका संस्थापक संयोजक भवानी ओलीले औचित्यमाथी प्रकास पारेका थिए । कार्यक्रमको संचालन झापाली स्टेज हिरोको नामले चर्चामा आएका राजेश घतानीले गरेका थिए ।
दुईदिवसिय अधिवेशनले नयाँ कार्य समिति छनौट गर्ने छ भने उक्त कार्यको लागि भोली बन्द सत्र हुदैछ ।