Aamsanchar

प्रतिघण्टा ४ सय माइल उड्ने सैन्य प्रविधिसहितको हेलिकप्टर

Author Image
बुधवार, असोज २९, २०७६


चीनले प्रतिघण्टा ४ सय माइलको रफ्तारमा उड्ने सैन्य प्रविधि जडान भएको हेलिकप्टर बनाएको छ। यस हेलिकप्टरमा क्षेप्यास्त्र प्रणाली पनि छ। यसको आकार आकर्षक छ। यसको आकार प्लेटकोजस्तो छ। आगामी वर्षबाट चीनले यसलाई आफ्नो आकाशमा उडाउने जनाइएका छ। विशेषत यस हेलिकप्टर सेनाले उडाउने छन्। किनभने यसमा अत्याधुनिक हतियारहरु राखिने छन्।

यस हेलिकप्टरमा अत्याधुनिक सैन्य प्रविधि जडान गरिएको फक्स न्युजले जनाएको छ। युएओ अर्थात् उडनतस्तरीले प्रयोग गर्ने विमानजस्तै यस हेलिकप्टरको आकार छ। यसको नाम ‘द सुपर ग्रेट ह्वाइट सार्क’ छ जुन तिव्र गतिमा उड्नसक्छ। चीन अमेरिकापछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मूलुक हो। हालैका दिनमा चीनले प्रविधिमा अत्याधिक लगानी गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर