Aamsanchar

विद्यालयमै साझ एक जोडी आपत्तिजनक अवस्थामा भेटिएपछि….

Author Image
मङ्गलवार, भदौ १४, २०७३

sex

झापा।

तोडफोड र उच्छृङ्खल गतिविधि बढेपछि उत्तरी झापाको एउटा विद्यालयमा शिक्षक नै रात्रि गस्तीमा खटिन थालेका छन् ।

शान्तिनगर–६ स्थित राष्ट्रिय विजय माविमा एक साताअघि कार्यालयको ताला फोडिएको तथा केही दिनअघि साँझपख एक जोडीलाई विद्यालय परिसरमा आपत्तिजनक अवस्थामा भेटिएको थियो । विद्यालयका प्रअ रामप्रसाद तिम्सिनाले विद्यालय परिसरमा भएका घटनाका बारेमा स्थानीय प्रहरीले चासो नदिएपछि शिक्षक रात्रि गस्तीमा निस्कन बाध्य हुनुपरेको बताउनुभयो । प्रअ तिम्सिनाका अनुसार शिक्षकहरू दिनभर विद्यालयमा पढाउँछन् र रात परेपछि पालो बाँधेर परिसरको गस्तीमा खटिन्छन् ।

कार्यालय फोडिएको र परिसरमा बाहिरियाको उच्छृङ्खल गतिविधि बढेको बारेमा स्थानीय बुधबारे प्रहरी चौकीमा विद्यालयले लिखित रुपमै जानकारी गराएको छ । प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धर्मदेव मण्डलले कार्यालयमा तोडफोड गर्ने समूहको खोजी भइरहेको र सीमित जनशक्ति भएकाले सधैँभरि विद्यालयमा रात्रि गस्ती गर्न नभ्याइने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर