Aamsanchar

विद्यालयमा किशोरीलाई जिउँदै जलाए पीछ…

Author Image
बिहिवार, कार्तिक ७, २०७६


एक स्कूले किशोरीलाई मट्टितेल छर्की जिउँदै जलाएर हत्या गरेको आरोपमा बंगलादेशका १६ जनालाई मृत्युदण्डको सुनाइएको छ। बंगलादेशको अदालतले उनीहरुलाई त्यस्तो सजाय सुनाएको हो। गत अप्रिल महिनामा १९ वर्षीया स्कूले छात्रा नूसरत जहाँ रफीलाई विद्यालयकै छतमा मट्टितेल छर्किएर जलाइएको थियो। एक इस्लामिक स्कूलमा अध्ययनरत नूसरतले आफूमाथि स्कूलका प्राधानाध्यापक सिराज उद दौलाले निरन्तर यौन दुब्र्यवहार गर्दै आएको आरोपमा उजुरी गरेकी थिइन्। मुद्दा दर्ता भएपछि उनलाई निरन्तर उक्त मुद्दा फिर्ता लिन दबाव दिइएको थियो। तर, नूसरतले मुद्दा फिर्ता लिन नमानेपछि उनलाई स्कूलकै छतमा ज्यूँदै आगो लगाइएको थियो।

उनको मृत्युपछि प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो। अदालतले उनीहरुलाई मृत्यु दण्ड सुनाएको हो। प्रहरीले नूसरतको उजुरीपछि पक्राउ परेका सिराजले जेलबाटै निर्देशन दिएर उनको हत्या गर्न लगाएको बताएको छ। नूसरतलाई ती प्रधानाध्यापकले आफ्नो कोठामा बोलाएर जर्वजस्ती गर्न खोजेका थिए। पछि उनको परिवारले प्रहरीमा उजुरी दिए। उक्त उजुरीपछि नूसरतमाथि निकै आक्रमणको प्रयास पनि भयो। यो घटनापछि बंगलादेशमा महिला आन्दोलन निकै चर्किएको पनि थियो। वर्षौसम्म लम्बिने यस्ता मुद्दाहरुमध्ये नूसरतको मुद्दामा द्रूतगतिमा फैसला भएको छ। उनको पक्षमा बहस गरेका एक जना वकिल हाफिज अहमदले भने ‘बंगलादेशबाट हत्या गरेर कोही पनि भाग्न सक्ने छैन भन्ने यो मुद्दाको फैसलाले प्रमाणित गरेको छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर