Aamsanchar

मासु पसलमा सडेगलेको मासु भेटिए पछि

Author Image
बिहिवार, कार्तिक ७, २०७६


सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगर क्षेत्रभित्रका मासु पसलहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश पसलमा सडेगलेको मासु भेटिएपछि बरामद गरिएको छ। वडानम्बर ७ को जनकपथ, ५ को वीपीपथ र वडानम्बर १३ को हाटबजार लाइनमा रहेका मासु पसलको अनुगमन गरिएको हो। अनुगमन समिति संयोजक एवं सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले नगरभित्रका १२ वटा मासु पसलको अनुगमन गर्दा एक क्विन्टल बढी सडेगलेको मासु भेटिएपछि बरामद गरी नष्ट गरिएको बताए।

‘व्यवसायीले जनस्वास्थ्यमाथि निकै खेलवाड गरेको पाइयो। महिनौंदेखि सडेको मासु विक्रीका लागि राखेको पाइएपछि हामीले बरामद गरेर नष्ट गरेका छौं । व्यवसायीलाई सचेत गराएका छौं’, उनले भने। नगरपालिकाको अनुगमन समितिले बुधबार पनि वडानम्बर ५ र ६ मा रहेका खाद्यान्न पसल, किराना पसल तथा होटल र मिठाई पसलमा अनुगमन गरेको थियो। अनुगमनमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि जफत गरी नष्ट गरिएको थियो।

अनुगमनका क्रममा पसलेले विक्रीका लागि राखेको करिब एक क्विन्टल खशी, बोका र बाख्रीको मासु बरामद गरि नष्ट गरिएको हो। सिनपा–७, जनकपथमा रहेको न्यू सुपर मासु पसलबाट मात्रै ८० केजी बढी बाख्रीको सडेगलेको मासु बरामद गरिएको छ। सोही पसलबाट ८ वटा बाख्री पनि नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर