Aamsanchar

सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए कीर्तिमान

Author Image
बुधवार, कार्तिक १३, २०७६

नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् ।

३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण गरेका हुन् ।

यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।

पूर्व गोर्खा सैनिक पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु गरेका थिए । त्यसअनुसार १० वैशाखमा ८ हजार ९१ मिटर चढेका थिए । त्यसपछि धौलागिरी, कञ्चनजंघा, सगरमाथा चढे ।

कुन हिमाल कहिले चढे ?

अन्नपूर्ण, नेपाल, २३ अप्रिल

धौलागिरी, नेपाल, १२ मे

कञ्चनजंघा, नेपाल, १५ मे

सगरमाथा, नेपाल, २० मे

लोत्से, नेपाल, २२ मे

मकालु, नेपाल, २४ मे

नन्गा पर्वत, पाकिस्तान, ३ जुलाई

गशरब्रुम १, पाकिस्तान, १५ जुलाई

गशरब्रुम २, पाकिस्तान, १८ जुलाई

केटू, पाकिस्तान, २४ जुलाई

ब्रोड पिक, २६ जुलाई

चो ओयू, चीन, २३ सेप्टेम्बर

मनास्लु, नेपाल, २७ सेप्टेम्बर

शिशापाङ्मा, चीन, २९ अक्टोबर

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर