Aamsanchar

झापाली दशनामी महिलाले तिज बिषेश कार्यक्रम गरे

Author Image
बुधवार, भदौ १५, २०७३

चारपाने, १५ भदौ । नेपाल दश

binod-pandeyनामी समाज महिला समिति झापाले पहिलो पटक झापामा तीज मिलन कार्यक्रम गरेको छ । बिर्तामोडमा बुधबार दशनामी महिलाहरुले महान पर्व तीज बिशेष कार्यक्रम गरेका हुन् ।

प्रमुख अतिथि एकसय दुई बर्षिया यशोदा बन रहेको कार्यक्रमको अध्यक्षता महिला समिति झापाकी अध्यक्ष पार्वता गिरीको रहेको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न स्थानबाट आएका लगभग दुईसय दशनामी महिलाहरुको सहभागीता रहेको थियो । महिलाहरुले दर खाने कार्यक्रम गर्दै नाचगान समेत गरेका थिए ।

कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दक्रिम गिरी, संरक्षक भरतलाल गिरी, जिल्ला उपाध्यक्ष राजु गिरी, महिला समिति सचिव सत्यरुपा बन लगायतले बोलेका थिए ।

स्वागत मन्तब्य जिल्ला उपाध्यक्ष एलबी गिरीले गरेको कार्यक्रमको सञ्चालन दशनामी समाज झापाका अध्यक्ष चन्द्रप्रसाद गिरी गरेका थिए । कार्यक्रमको प्रायोजन ऊँ नव शिवाय बचत तथा ऋण सहकारी संस्था लि बिर्तामोडले गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)