झापाको हल्दीबारी गाउँपालिकाका महिलाहरु उद्यमशीलता तर्फ आर्कषित हुदै गएका छन् । गाउँपालिकाले अघि सारेको हल्दीबारीका महिला विकासमा पहिला भन्ने अभियानलाइ व्यवहारिक वनाउन महिला विकास परिषदद्धारा सञ्चालित ढाका कपडा सिलाइ बुनाइ मार्फत स्वरोजगार बन्न थालेपछि महिलाहरुको सो सीप तर्फ आकर्षण बढ्दै गएको हो ।
अभियानलाइ सफल पार्न पालिकाले महिला विकास समिति तथा गठन कार्यविधि ०७५ पास गरी पालिका क्षेत्रभित्र रहेका महिलाहलाइ उद्यमशीलता तर्फ जोडनलाइ अभियान ल्याएको छ । विकास भन्ननाले सडक नाला, कलर्भट लगायतमा उपभोक्ता समिति भएकोले यसलाइ फरक ढङ्गले अन्य क्षेत्रमा पनि महिलालाइ अघि लैजानु पर्ने देखिएर ढाकाको धागोबाट विभिन्न सामग्री वनाउन शुरु गरिएको पालिकाले जनाएको छ ।
आर्थिक वर्ष ०७४/७५ मा ३० जना महिलालाइ ढाकाको तालिम प्रदान गरिसकेको छ । उद्यमशीलता तर्फ उन्मुख भएका महिला घरमा नै बसेर उत्पादन शुरु गरिसकेको अवस्था छ । गत आर्थिक वर्ष ०७५/७६ मा १५ जना महिलाले तालिम लिइरहेका छन् । स्थानीय महिलाहरुलाइ नै स्वरोजगार वनाउने पहिलो लक्ष्य भएको महिला विकास परिषद संयोजक शान्ता गौतमले बताइन् । तालिम केन्द्रको रुपमा लगेर उद्योगमा परिणत गर्ने गाउँपालिकाको उद्देश्य रहेको उनले जनाइन् । प्रदेश सरकारबाट बजेट माग गर्नको लागि प्रपोजल तयार पारिरहेको उनले बताइन् ।
दीर्घकालिन सोचमा चै स्कुल व्याग,पोशाक समेत घर घरबाट नै उत्पादन भएका सामग्री प्रयोगमा ल्याइने उनको भनाइ छ । रोजगारसँग जोडिन सकिने पालिकाको उद्देश्य रहेको उनले सुनाइन् । लगानी गरे अनुसार प्रतिफल आउन थालेको वडा नम्बर ४ का अध्यक्ष होम चुडालले बताए । प्रत्येक वर्ष ५ लाख रुपैया स्वरोजगारका लागि पालिकाले रकम प्रदान गर्दै आइरहेको उनले जनाए । उत्पादित सामग्री बजारमा पाइन थालेको उनको भनाइ छ । तालिम लिएका महिलाहरुले नीजि उत्पादन गर्न थालेको उनको भनाइ छ ।
गाउँपालिकाको लगानीमा महिला विकास परिषद मार्फत ढाका कपडा सिलाइ बुनाइको तालिम दिइरहेको पालिका स्तरीय महिला विकास परिषद सदस्य तथा खार्सङबारी टोल विकास संस्था अध्यक्ष टीका राउतले बताइन् । तालिमबाट सीप हासिल गरी उनिहरुले नै पुनः नयाँ महिलाहरुलाइ प्रशिक्षण दिइरहेको उनले जनाइन् । पालिकाले निरन्तर बजेट दिएर यसलाइ संस्थागत गर्दै उद्योगको रुपमा लैजाने लक्ष्य राखेको उनको भनाइ छ ।
उत्पादन गरिएका विभिन्न सामग्री बिक्री हुन थालेको उनले बताइन् । ढाकाको उत्पादन पालिकामा हुन थालेछ भन्ने जानकारी गराउने उद्देश्यले सञ्चालन भइरहेको हल्दीबारी महोत्सवमा प्रदर्शनीमा राखिएको उनको भनाइ छ । पहिलो वर्ष गाउँपालिकाले ५ लाख रुपैयाँ लगानी गरेर १५ जना महिलाहरुलाइ तालिम दिन शुरु गरेको पालिका स्तरीय महिला विकास परिषद सदस्य तथा पाथिभरा टोल विकास संस्थाकी अध्यक्ष होमा देवी न्यौपाने खरेलले बताइन् । हालसम्म सय भन्दा बढीले सिप लिएर गइसकेको उनले बताइन् । तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका सामग्री बिक्री हुन थालेको उनले बताइन् ।
माग धेरै आउन थालेको सुनाउदै झापालाइ चिनाउन यसले सहयोग गर्ने उनले विश्वास लिएकी छन् । दैनिक ५ या ६ ओटा तानमा १५ जनाका दरले सिकाउने गरेको उनले जनाइन् । साडीलाइ ४५ सय र कोटलाइ २ हजार सम्म लिने गरेको उनले बताइन् । सिकेर जाने मलिलाहरुले तान खरिद गरी उत्पादन गर्न शुरु गरिसकेको उनले जनाइन् । तालिम लिएर उत्पादन शुरु गरिएको हल्दीबारी २ की कोपिला श्रेष्ठले बताइन् । वेरोजगार भएर बसेका महिलालाइ सिप सिक्न जरुरी रहेको उनले बताइन् । उत्पादित सामानबाट घर व्यवहार चलिरहको उनले सुनाइन् ।
लगानी गर्ने वित्तिकै तत्काल प्रतिफल पाउने सोचका कारण व्याप्त रहेको सोचाइलाइ उन्मूलन गर्न जरुरी रहेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे बताउँछन् । घर–घरमा महिला स्वरोजगार भएभने विकासँगै पालिकामा आय आर्जनको कमी नहुने उनको भनाइ छ । एउटा कार्यक्रमबाट वहुआयमिक हुने उनले बताए । पालिका स्तरीय परिषद र वाड स्तरीय महिला समिति निर्माण गरेर यो अभियानलाइ सञ्चालन गरिरहेको उनले जनाए । हल्दीबारीमा ढाका कपडाको सामग्री पनि पाइन्छ है भन्ने पनि अर्को उद्देश्य रहेको उनले सुनाए ।