हल्दिवारी १ मा हुने बिकास निर्माणको काम गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत बहादुर कार्कीको पहलमा रु ८५ लाख बराबरको बजेट विनियोजित गरिएको वडा नम्बर १ अध्यक्ष त्रिलोचन सापकोटाले बताउनु भएको छ ।
अध्यक्ष सापकोटाको एकल प्रयासमा प्रदेश सरकार बाट उक्त रकम विभिन्न कामको लागी विनियोजन भएको हो ।
अध्यक्ष सापकोटाका अनुसार छिट्टै केन्द्रिय सरकार मार्फत पनि जनजागृती मावी लगायतको भौतिक सुधार गर्न २ करोड भन्दा बढीको बजेट उपलब्ध हुन लागेको बताएका छ्न ।
प्रदेश सरकार बाट कुनकुन शीर्षकमा कति बजेट विनियोजन गरिएको छ ।
>गोलधाप बजार ढल निर्माण स् १० लाख
> गोलधाप बजार भित्र सडक निर्माण स् १० लाख
>जनजागृती मावी दछीण लाटी होलि जान सडक ग्राभेल गर्न स् १० लाख
>नुनथला कभर्डहल लाई स् १५ लाख
>गोलधाप खानेपानीलाई स् ४० लाख
उक्त बजेट सहरी बिकास मन्त्रालय तथा पुर्वाधार बिकास मन्त्रालय बाट विनियोजन भैइ हल्दिवारी गाउँपालिका वडा नम्बर १ लाई उपलब्ध हुन लागेको हो ।