Aamsanchar

लकडी दिने सामुदायिक वनले घरै बनाई दियो

Author Image
सोमवार, कार्तिक १८, २०७६

अर्जुनधारा । झापाको दहिझोडा सामुदायिक वन उपभोक्ता समुहले अर्जुनधारा नगरपालिका–५ का तीन परिवारलाई घर निर्माण गरी चावी हस्तान्तरण गरेको छ ।
वनको हरियाली महिला वचत तथा ऋण परिचालन समुहको गरिवी न्युनिकरण कार्यक्रम अन्र्तगत अनुदानमा निर्माण गरिएको घर सोमवार हस्तान्तरण गरेको हो ।

गरिव तथा विपन्न परिवारका दिनेश काफ्ले, कृषण्माया सार्की र लत्ता दनुवारलाई कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले घरको चावी हस्तान्तरण गरेका हुन् ।
घर निर्माण गर्न नसेका ती परिवारलाई वनले सोमवार अर्जुनधारा–४ स्थित सिंहवाहिनी मन्दिरमा एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरेको हो ।

वनका अध्यक्ष खगेन्द्र सुव्वाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि डिभिजन वन कार्यालयका प्रमुख विष्णुराम घिमिरे रहेका थिए । स्वागत वनका उपाध्यक्ष रामप्रसाद गिरीले गरेको कार्यक्रममा जिल्ला बन महासंघका अध्यक्ष देवप्रकाश भण्डारी, वडा नं. ४ का अध्यक्ष दुर्गाप्रसाद दाहाल, युवा संघ नेपाल प्रदेश कमिटि सदस्य खगेन्द्र खनाललगायतको उपस्थिित थियो । कार्यक्रमको सञ्चालन वनकी सचिव निरामाया तामाङले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर