Aamsanchar

चिया समस्या समाधानका लागि सरकारी टोली झापामा

Author Image
बिहिवार, भदौ १६, २०७३

9बिर्तामोड ।
साना किसान झापाली चिया व्यवसायी संघ र चिया उद्योगीबीच झापामा लामो समयदेखि देखिएको समस्या समाधानका लागि सरकारी टोलीले काम थालेको छ ।
कृषि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गठित छानविन एवम् समस्या समाधान समितिले तीन दिनदेखि झापामै आएर स्थलगत रुपमा अध्ययन, सरोकारवालासंग परामर्श गर्दै काम थालेको हो ।
समस्या समाधानकै लागि टोलीले संवाद समूहको सचिवालय बिर्तामोडमा बुधवार झापाका राजनीतिक दलका प्रमुखहरुसाग छलफल गरेको छ ।
कृषि मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठको संयोजकत्वमा रहेको ५ सदस्यीय समितिले झापाका राजनीतिक दलहरुलाई समितिले गर्ने कामको बारेमा जानकारी गराउादै समस्या समाधानका लागि सुझाव लिएको हो ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी, एकीकृत माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, स्थानीय शान्ति समितिका संयोजक एवम् सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेशले चिया क्षेत्रको समस्या समाधानका लागि ठोस नीति निर्माण गरी दीर्घकालीन समाधानमा लाग्नुपर्ने सुझाव दिए ।

दलका नेताहरुले किसानको स्वामित्व रहेको सहकारीमार्फत सञ्चालन हुने चिया कारखाना तत्काल सञ्चालनमा ल्याउन सरकारले घोषणा गरेको अनुदान निकासा गर्नुपर्ने र चियालाई अक्सन बजारमा लैजानुपर्ने सुझाव दिएका छन् । उनीहरुले उक्त सरकारी टोलीलाई किसान र मजदुरको साथै समग्र चिया क्षेत्रको समस्या सुल्झाउनका लागि पहल थाल्न आग्रह गरेका छन् ।

कृषक र उद्योगीलाई चियामा प्रोत्साहित गर्न सरकारले अनुदान र सहुलियतको व्यवस्था गर्नुपर्ने सुझाव पनि दलका नेताहरुले दिएका छन् । चिया सम्बन्धी ठोस नीति बनाएर सहुलियत तथा अनुदान नदिने हो भने चिया उद्योग नै विस्थापित हुने दलका नेताहरुले बताए ।

समस्या समाधानका लागि आएको सरकारी टोलीले अल्पकालीन र दीर्घकालीन रुपमा समस्या समाधान गरिने जानकारी दिए । समिति संयोजक श्रेष्ठले तत्काल चिया कृषकसागको मूल्य विवाद समाधान गरी आन्दोलन अन्त्य गरिने र दीर्घकालीन रुपमा नीति निर्माणका लागि अक्सन बजार, सहुलियत र अनुदानको कुरा स्पष्ट उल्लेख गरी सुझाव पेश गरिने जानकारी दिए । समितिको सदस्यमा रहेका मन्त्रालयका शाखा अधिकृत भोलानाथ गुरागाई, राष्ट्रिय चिया कफी विकास बोर्डका उपनिर्देशक रघुपति चौधरी, जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले समेत विभिन्न धारणा र सुझाव राखेका थिए । पााच समितिको सदस्य टोलीमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा समेत रहेका छन् ।
छलफलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारी, संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले चिया क्षेत्रमा देखिएका समस्या र समाधानका लागि भएका पहल बारे जानकारी गराएको सचिवालयका सहजकर्ता खगेन्द्र खरेलले जानकारी दिए । संवाद समूहले चिया क्षेत्रको समस्या दीर्घकालिन रुपमा समाधानका लागि सरकारसंग पहल गर्दै नीति निर्माण तहमा समेत सुझाव पेश गर्दै आएको थियो ।
साना किसान झापाली चिया व्यवसायी संघले पनि अहिलेसम्मका सहमति र अन्य गतिविधिको न्यायिक जााच गरी फैसला दिन सक्ने उच्च स्तरीय आयोग गठनको माग गरेका थिए । त्यस्तै नेपाल सरकारको ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत साना चिया किसानहरुको चिया सहकारी संस्था शुभ चिया सहकारी बाहुनडाागी, पाराखोपी साना किसान चिया सहकारी हल्दिवारी–१ र साना किसान चिया उत्पादक सहकारी हल्दिवारी–९,द्वारा निर्माणाधीन चिया प्रशोधन काराखानाको सरकारले दिन बााकी अनुदान रकम चालू आर्थिक बर्षमा एकमुष्ठ उपलब्ध गराउन माग गरेका छन् । अहिले उक्त मागसहित पूर्णकुमार कार्की नेतृत्वको कृषक टोली चिया बोर्ड बिर्तामोडमा दुई सातादेखि धर्नामा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)