Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघ उत्रियो दवाव आन्दोलनमा

Author Image
बुधवार, कार्तिक २०, २०७६

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी र स्थानिय नागरिकले भद्रपुर सडक खण्डमा आज एक घण्टा आवतजावत अवरोध गरेका छन् । उधोग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा चक्काजाम गरिएको छ ।

सडक निर्माणमा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा समेत असर पुगेकोले व्यवसायी सडकमा निस्केको बताईएको छ । उनीहरुले सडक आसपासमा रहेका व्यवसायीले धुलोका कारण आम व्यवसायी र सर्वसाधरणमा प्रतिकुल असर पु¥याएको र खाल्डाखुल्डी अस्तव्यस्तको कारण आक्रान्त बनेको बताए ।

वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष राजु न्यौपाने, वडा अध्यक्ष कुलप्रसाद संग्रौला, उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, उद्योग बाणिज्य संघ केन्द्रिय सदस्य उमेश डालमिया, प्रदेश सदस्य बलराम कार्की,व्यवसायी रञ्जु प्याकुरेल, बिर्तामोड खानेपानी उपभोक्ता समिति अध्यक्ष जलकुमार गुरुङ लगायतले तत्काल सडक निमाण सम्पन्न नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन । उनिहरुले स्थानीय सरकारले समेत सडक निर्माणमा चासो नदिएको आरोप लगाएका छन् । सडक अवरोधपछि व्यस्त हुने भद्रपुर– बिर्तामोड सडक खण्डमा आवतजावत प्रभावित बनेको छ ।

आशिष – प्रेरा जेभीले निर्माण गरिरहेको भद्रपुर सडक खण्डमा ढिलासुस्ती भइरहेको छ । सो कम्पनीले निर्माण अधुरो छोड्दा आम नागरिकको जनजीवन नै प्रभावित बनिरहेको छ । २७ करोडमा ठेक्का लिएको कम्पनीले ०७५ असोज महिनादेखि काम थालेको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीसँग अब काम सक्न ६९ दिन बाँकी छ । हालसम्मको निर्माण अवस्था हेर्दा समयमै काम सकिने संभावना छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर