अर्जुनधारा । निर्माणाधीन शनिश्चरे–खुदुनाबारी सडक खण्डको निर्माण कार्य सुचारु हुने भएको छ ।
अर्जुनधारा नगरपालिकामा बसेको सर्वपक्षीय बैठकबाट भोलि (बिहीबार) देखि ठप्प रहेको निर्माण कार्य सुचारु हुने भएको हो । बैठकमा छ वटा निणर्य भएको छ ।
ठेकेदार कम्पनी शेर्पा कन्ट्रक्सन प्रालिका पोर्तेमा शेर्माले निर्माण सामग्रको अभावका कारण सडक निर्माण कार्य प्रभावित भएको जनाएपछि नगरपालिकाले निर्माण सामग्री उपलब्ध गराउन सहजीकरण गर्ने, मेसिनरी औजारका लागि समन्वय गर्ने, निर्माणाधीन सडक खण्डमा रहेका विद्युत् पोल तत्काल हटाउने, ह्युमपाइप नगरपालिकाले उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकमा नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रदेश सांसद बीर्ख प्रधान, ७ का अध्यक्ष नविन ढुङ्गाना, ८ का गोपी गौतम, ६ का लोकनाथ गौतम, सिनियर डिभिजनल इन्जिनियर रमेशकुमार श्रेष्ठ, सिभिल अधिकृत सुरेशकुमार मण्डल लगायतको उपस्थिति रहेको थियो ।