Aamsanchar

सुनसान हुदै सताक्षीधामका गाँजा चरेस पाउने अखडाहरु

Author Image
शुक्रवार, कार्तिक २२, २०७६

बिर्तामोड । द्ववापर युगको ऐतिहासिकता बोकेको झापाको एक प्रशिद्ध धार्मिक स्थल हो सताक्षीधाम । धार्मिक र प्राकृतिक पर्यटकिय दृष्टीले विगतमा देशमा प्रख्यात रहेको यस स्थल दुई दशक देखि ओझेलमा पर्दै आएको छ ।

एकान्त ठाउँ, घनाजंगल खोला खोल्सा अनि गाउँ बस्ती, बिजुली, बाटो, संचारको सुविधा नहुनु, १० बर्षे माओवादी जनयुद्ध संगै मन्दिर क्षेत्रमा हुने लागुपदार्थ गाँजा लगाएतको बेचबिखन र सेवन कर्ताको जमघटकाको कारण यस क्षेत्रमा भय, त्रास, असुरक्षा बढन थालेपछि भक्तजन, पर्यटक आउनेको संख्यामा निकै कमी आयो । त्यही बिग्रेको पहिचानका कारण अहिले सम्म पनि सताक्षीधाममा सोचे जस्तो भक्तजन पर्यटक अझै पनि पुग्न सकेका छैनन ।

स्थानिय सरकार गठन भए एता भने यस क्षेत्रको चौतर्फी विकासकालागि सरोकारवालाहरु एकजुट भएर लागि पर्न थालेकाछन, क्रमस् सताक्षी धामाको बिग्रेको अवस्थामा सुधार गर्न नगरपालिका, स्थानिय सचेत नागरिक साधुसन्त, प्रहरी आमा समूह, यूवा समूह लगायतको सताक्षीधाम सुधारको लागि सक्रिय बन्दै आएका छन । बाटो, बिजुली मठमन्दिर धर्मशालाहरु निमार्ण लगायतका भौतिक निर्माण कार्य धमाधम बनिसकेका छन कती बन्ने क्रममा पनि छ ।

फायल फोटो : सताक्षीधामका अखडामा खुल्लेआम यसरी गाँजा सेवन हुन्थ्यो ।

अन्य भौतिक अवस्था सुधार संगैै गाँजा चरेसको बिक्री निषेध गरिएपछि सेवनकर्ताको आवतजावतको मुख्य स्थान कै रुपमा रहेको सताक्षी मन्दिर परिसर आजभोली शान्त बन्दै गएको छ । सरोकारवालहरुको निगरानी र कडाई हुनथालेपछि तिन महिना एता देखि सताक्षीधामका साधुका गाँजा चरेस खाने र बिक्री गर्ने अखडाहरु सुनसान छन । केही गेरु बस्त्रधारीहरु पलायन पनि भई सकेका छन । सेवन गर्न आउनेहरु एक पछि अर्को कार्वाहीमा पर्नथाले पछि आउने संख्या लगभग ९० प्रतिशतले कमी आएको एक अखडामा सेवक बनेर बसेका झापा अर्जुनधाराका वेनुप घिमिरेले बताए ।

तिन महिना एता गाँजा सेवनकर्तासाधु, विद्यार्थी गरी ४५ जनालाई पक्राउ गरिसकेको झिलझिले प्रहरीले बताएको छ । उनिहरुलाई आवसेक परामर्स दिएर अब आईन्दा नबेच्न र नखान सचेत गराएर अभिभावकहरुलाई जिम्मा लगाएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर