Aamsanchar

पढ्न छोडेर भागेका २७ बालबालिकाकोे उद्धार, १८ अझै बेपत्ता

Author Image
बिहिवार, भदौ १६, २०७३

बैतडी ।

बैतडीको सीमा नाका झुलाघाट हँुदै भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । विद्यालयको पढाइ छोडेर घरबाट भागेर भारत जाने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको सीमा नाका प्रहरी चौकी झुलाघाटले जनाएको छ ।

गत आर्थिक वर्षमा मात्रै भारत भागेर जान लागेका २७ जना बालबालिकालाई सीमा नाका प्रहरी चौकी झुलाघाटले उद्धार गरी आफन्तलाइ बुझाएको छ भने १८ बालबालिका अझै बेपत्ता भएका छन् । बेपत्ता बालबालिका सीमा नाका हँुदै भारत गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घरमा खान, लगाउन नपुग्ने भएकाले बैतडीका विभिन्न ठाउँका बालबालिका घरबाट भागेर भारत जाने गरेको प्रहरीले जनाएको छ । पछिल्लो समय बालबालिका मात्रै नभएर महिला तथा पुरुषको पनि सीमा नाका हँुदै भारत जानेको सङ्ख्या बढेको पाइएको छ ।

यस्तै, गत आवमा १५ महिला र चार पुरुष गरी १९ जनालाई सीमा प्रहरीचौकी झुलाघाटले उद्धार गरेको छ भने अझै २१ महिला र चार पुरुष गरी २५ जना बेपत्ता रहेका छन् ।

बैतडीलगायत अन्य जिल्लाका महिला अरूको लहैलहैमा लागेर भारत जाने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयोे । यो आव सुरु भएयता पनि अहिलेसम्म तीनजना बालबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर