Aamsanchar

अभिनेता ऋतिकलाई मन पराएकै कारण श्रीमतीको हत्या

Author Image
सोमवार, कार्तिक २५, २०७६


अमेरिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गर्दै आत्महत्या गरेका छन्। बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्यु योर्क पोस्टले जनाएको छ।

३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन्। श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए।

त्यसपछि उनी आफैंले झुन्डिएर आत्महत्या गरेका थिए। बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवादसमेत भएको जनाइएको छ।उनीहरुको विवाद प्रहरीसम्म पनि पुगेको थियो।

Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर