Aamsanchar

अब मन्जुरीबिना एस.एम.एस र विज्ञापन गर्न नपाउने

Author Image
मङ्गलवार, कार्तिक २६, २०७६


सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् ।

विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एस.एम.एस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान राखेको छ । यसको प्रत्यक्ष प्रभाव मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्नेछ । विगतमा उम्मेदवारहरुले एसएमएसबाट भोग माग्ने प्रथा बसेको थियो ।

ऐनले व्यापारिक प्रवद्र्धनका लागि सामूहिक एसएमएस र इमेल पठाइने बढ्दो प्रचलनलाई रोक लगाएको छ । यद्यपि, अहिले प्रचलनमा रहेको सामाजिक सञ्जालबाट हुने विज्ञापनका विषयमा भने यो विद्येयक मौन छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर