Aamsanchar

विदेशमा मृत्यु भएमा, आर्थिक सहायताका लागि निवेदन दिन सक्ने

Author Image
बुधवार, कार्तिक २७, २०७६


काठमान्डौं । वैदेशिक रोजगारमा गएका कुनै पनि कादारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा आर्थिक सहायता प्राप्त गर्नका लागि अब स्थानीय तहमै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा कात्तिक १८ गते जारी गरिएको व्यवस्था सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठद्वारा जारी परिपत्रमा स्थानीय तहमा परेको निवेदन ७ दिनभित्रमा बोर्डमा पठाउनुपर्ने र सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने प्रावधान उल्लेख गरिएको छ । आजको कारोबार दैनिकमा खबर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर