Aamsanchar

ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएका : आयल निगम

Author Image
बिहिवार, कार्तिक २८, २०७६


काठमाडौँ । अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन् । ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएको ग्राहकको आरोप छ । तर नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ग्यास अभावको हल्ला बेकारको भएको बताउँछन् । उनले ग्यास आउनुपर्ने जति आइरहेको र कुनै पनि समस्या नभएको बताएका छन् ।

यता एलपिजि ग्यास उद्योग संघका उपाध्यक्ष कुश मल्ली पनि ग्यास अभाव नभएको बताउँछन् । उनले भारतको बरौनी र मथुराबाट ग्यास ल्याइने भएकाले बरौनी केही दिनका लागि बन्द हुँदा केही कम ग्यास आएको बताए । यद्यपि, व्यवसायीले ग्राहकलाई फर्काउँने गरी ग्यास अभाव नभएको उनको भनाई छ । उनी भन्छन्, ‘पूर्णतया ग्यास आएको छैन, सरसफाइका लागि बरौनी बन्द छ तर केही दिन नआउँदै नेपालमा अभाव हुँदैन । मथुराबाट आइरहेको छ ।’

ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएका : आयल निगम
काठमाडौँ । अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन् ।

ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएको ग्राहकको आरोप छ । तर नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ग्यास अभावको हल्ला बेकारको भएको बताउँछन् । उनले ग्यास आउनुपर्ने जति आइरहेको र कुनै पनि समस्या नभएको बताएका छन् । यता एलपिजि ग्यास उद्योग संघका उपाध्यक्ष कुश मल्ली पनि ग्यास अभाव नभएको बताउँछन् । उनले भारतको बरौनी र मथुराबाट ग्यास ल्याइने भएकाले बरौनी केही दिनका लागि बन्द हुँदा केही कम ग्यास आएको बताए ।

यद्यपि, व्यवसायीले ग्राहकलाई फर्काउँने गरी ग्यास अभाव नभएको उनको भनाई छ । उनी भन्छन्, ‘पूर्णतया ग्यास आएको छैन, सरसफाइका लागि बरौनी बन्द छ तर केही दिन नआउँदै नेपालमा अभाव हुँदैन । मथुराबाट आइरहेको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर