Aamsanchar

दुई मालिकले आफ्ना कर्मचारीहरुको खुट्टा धोएर धन्यवाद ज्ञापन गरे

Author Image
बिहिवार, कार्तिक २८, २०७६


चीनको एक कस्मेटिक कम्पनीका दुई मालिकले आफ्ना कर्मचारीको इमान्दारिता र कडा मेहनतको निकै रोचक तरिकाले प्रशंसा गरेका छन् । ती मालिकले आफ्नो कम्पनीमा अत्यधिक मेहनत गर्ने केही कर्मचारीलाई उनीहरुको खुट्टा धोएर धन्यवाद ज्ञापन गरेका छन् ।

हामीले यसअघि धेरैपटक पढे सुनेका छौं कि चिनियाँ मालिकहरुको यदि कर्मचारीले कम्पनीको ‘सेल्स गोल मिट’ नगरे चरम यातना दिने गर्छन् । तर चीनको सानडोंग प्रान्तस्थित जिनानमा रहेको नाम नखुलाइएको एक कस्मेटिक कम्पनीले कर्मचारीप्रति आभार व्यक्त गर्न निकै रोचक र भिन्न तरिका अपनाएको छ । चीनको सोसल मिडियामा उक्त भिडियो निकै भाइरल भइरहेको छ जसमा दुई महिला मालिकले कर्मचारीलाई सुरुमा मज्जाले झुकेर नमस्कार गर्छन् र पछि खुट्टा धुन्छन् ।

यो अचम्मको घटना नोभेम्बर २ तारिखमा कम्पनीको हेडक्वार्टरमा आयोजना गरिएको बताइएको छ । कम्पनीले कर्मचारीप्रति देखाएको यस्तो सद्भावलाई कतिले प्रशंसा गरेका छन् भने कतिले यसलाई चर्चा पाउनका लागि गरिएको ढोंग बताएका छन् ।

चीनको ट्वीटर अर्थात् वेबोमा एक व्यक्तिले लेखेका छन्, ‘यी मालिक निकै चलाख छन् । कर्मचारीको खुट्टा धुनु भनेको उनीहरुले उपदानको माग नगर्नु हो ।’ ‘दिनदहाडै अरुको खुट्टा धुने यो तुच्छ स्टन्ट कसले विकसित गर्यो ? र यो कसलाई रोचक लाग्छ ?’ अर्का एकजनाले कमेन्ट गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१