Aamsanchar

हिरासतका युवा छुटाइदिन्छु भन्दै धम्क्याएर रकम असुल्ने तीन पक्राउ

Author Image
शुक्रवार, भदौ १७, २०७३

pakrau-650x330झापा ।

प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको दुई युवालाई छुटाइदिन्छु भन्दै ३० हजार रुपैया असुल्ने तीन जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको शनिअर्जुन नगरपालिकाका–३ निवासी कुमार दनुवार, बिर्तामोड नगरपालिका–८ निवासी २५ वर्षीय वुद्ध लामा र शनिअर्जुन नगरपालिका –३ निवासी २६ वर्षीय करण दनुवार रहेका छन् ।
बिर्तामोड नगरपालिका–१ निवासी कुशल धमला र सोही ठाउा निवासी सञ्जय हलुवाइलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै गर्दा उनीहरुलाई छुटाइदिन्छु भन्दै हलुवाइको परिवारबाट ३० हजार रुपैयाा लिएपछि उनीहरु तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
घटना विवरण अनुसार कुमार दनुवारको गाडीको कागजात हराएपछि उक्त कागजात आफूसंग छ १० हजार रुपैयाा दिएपछि मात्रै दिन्छु कुशल धमलाले भनेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधु थापाले बताउनुभयो ।
घटना १४ गतेको हो । उक्त घटना थाहापाएपछि प्रहरीले कुशलालई नियन्त्रणमा लिएको थियो । कुशललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेलगत्तै सञ्जय हलुवाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरु दुवैलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान गर्दै गर्दाै उनीहरुको परिवारसंग ५० हजार रुपैयाा मागेको र नदिए मुद्धा लगाइदिन्छौ भन्दै धम्क्याएर ३० हजार रुपैयाा लिएपछि वुद्ध,करण र कुमारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले केही सार्वजनिक अपराध मुद्धा आज दर्ता गरेको छ ।
उनीहरुसंग नै रकम असुल्न सम्लग्न भएका गोलधाप घर भई हाल बिर्तामोड बस्तै आएका भीम तुम्वाफो लिम्वू फरार भएकाले उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)