Aamsanchar

उनको यो फेसबुकमा स्टाट्सले सबैलाई स्तब्ध बनायो

Author Image
शुक्रवार, भदौ १७, २०७३

agni pokhrel

बिर्तामोड ।
बिहीवार हिन्दू धर्मावलम्बीहरुले बुबाको मुख हेर्ने पर्व मनाए । बुबा हुनेहरुले बुबालाई मिष्ठान्न र उपहार प्रदान गरे । बुबाको स्वर्गारोहण भइसकेकाहरुले तस्वीर हेरे र सम्झिए । सबैले बुबाको तस्वीर फेसबुक र सामाजिक सञ्जालहरुमा सजाए ।
तर, झापा कनकाई नगरपालिका–१की रकमीना (रुका) पोखरेलले एक सय १० दिनदेखि वेपत्ता आफ्ना बुबाको तस्वीरसहित फेसबुकमा लेखेको स्टाट्सले सबैलाई स्तब्ध बनायो । बृद्धअवस्थाका बुबा अग्निप्रसाद पोखरेल गत जेठ २ गतेबाट वेपत्ता छन् । उनले फेसबुकमा लेखेकी छिन्– ‘आज बुबाको मुख हेर्ने दिन, बुबा हुनेहरुले हेर्नु भयो, नहुनेहरुले सम्झिनुभयो । तर, हामी के गर्नु ? चााडै घर आउनु बुबा ।’
पोखरेल परिवार र गाउावासीले आफन्तजन, नजिकैको जंगल लगायत सबैतिर अग्निको खोजी जारी राखेका छन् । तर, अझैसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन । उनी घरबाटै वेपत्ता भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर