Aamsanchar

खाना पकाउने ग्यासको मूल्य घट्यो

Author Image
शुक्रवार, भदौ १७, २०७३

काठमाडौँ।

494129907BGLPG_1135828f

नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास रु एक हजार ३२५ मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको रु एक हजार ३७५ तिर्दै आएका थिए ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले बताउनुभयो । निगमलाई आजसम्म खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १११ नाफा थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१