Aamsanchar

३८ स्थान उच्च जोखिममा

Author Image
शुक्रवार, भदौ १७, २०७३

चितवन।

469127530_1471254709

दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित चितवनको जुगेडीदेखि धादिङ सिमानामा पर्ने मौवा खोलासम्मको राजमार्गमा दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरिएको छ ।

अघिल्लो शुक्रबार कालीखोलामा २२ जनाको ज्यान जानेगरी भएको यात्रुबाहक बस दुर्घटना र त्यसको भोलिपल्ट जलविरे घुमाउनेमा समेत एउटा ट्रक त्रिशूली नदीमा खसेपछि यहाँको सडक सुरक्षाको अवस्था अध्ययन गरी जोखिम क्षेत्र पहिचान गरिएको हो ।

जिल्ला ट्रफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा नारायणगढ–मुग्लिन सडक आयोजनाको संयुक्त अनुगमनपछि यसरी दुर्घटना जोखिम क्षेत्रको पहिचान गरिएको हो ।

झन्डै ५० किमी रहेको सो क्षेत्रमा ३८ स्थानमा दुर्घटनाको उच्च जोखिम क्षेत्र पहिचान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिक सङ्केत, आवश्यक भौतिक निर्माणलगायतका काम गरेर सुरक्षित क्षेत्र बनाउन आग्रह गरिएको छ ।

चितवनको जुगेडीदेखि मुग्लिनसम्म २५ किमी क्षेत्रको ३२ स्थानमा र मुग्लिनदेखि मौवाखोलासम्मको झन्डै २० किमी क्षेत्रका ६ स्थानमा दुर्घटना क्षेत्र पहिचान गरिएको छ ।

मुख्यगरी नारायणगढ–मुग्लिन क्षेत्रमा पर्ने गाईघाट, घुमाउने, कालीखोला, चार किलो हाइट, पाँच किलो, भालुपहाड घुम्ती, भोर्ले पुल, जलविरेलगायतका क्षेत्र बढी जोखिममा रहेको भेटवालले बताए ।

यस्तै मुग्लिन उता मौवाखोलासम्म नाग्दीपुल, मुग्लिन मोड, रमाइलो डाँडा, कुरिनटार, डाहकी पुल, फिस्लिङ क्षेत्र दुर्घटनाको जोखिममा छ । सो जोखिम क्षेत्रमा सडक साँघुरो, निर्माणाधीन अवस्था, ग्याविङ वाल भएको, सिमेन्ट प्याराफिट, मेटल क्रस बेरिएर जीर्ण भएको, ट्रफिक सङ्केतसमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले सडक अध्ययन तथा अवलोकनपछि उनकै निर्देशनमा यसरी दुर्घटनाग्रस्त क्षेत्रको पहिचान भएको हो ।

पहिचान भएका सबै क्षेत्रमा दुर्घटना न्यूनीकरणका उपाए अपनाउन थालिएको र सडक जाँचलाई कडाइ पारेको प्रहरीले जनाएको छ । चितवनका प्रजिअ विनोदप्रकाश सिंहले सडक सुरक्षाका विषयमा कुनै कसर बाँकी नराखी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उनले स्थानीय प्रशासनको समेत सडक सुरक्षामा गम्भीर रुपमा ध्यान पुगेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१