

बिर्तामोड, मंसिर ८ । बिर्तामोड उद्योग बाणिज्य संघकी उपाध्यक्ष पार्वता विमलीले आफ्नो ४८ औं जन्मउत्सव विद्यार्थीका माझ मनाएकी छिन ।

जन्मउत्सव फजुल खर्च गरेर मनाउनु भन्दा विपन्न वर्गको हितमा खर्च गरेर मनाउदा आत्मलाई आनन्द हुने र समाज प्रतिको उत्तरदाहित्वपनि वहन हुने धारण राखेर आईतबार झापाको आर्जुनधारा ११ मा रहेको जुनकिरी सामुदायिक प्रार्थमिक विद्यालयका विद्यार्थीलाई कम्वल चप्पल वितरण गरेर मनाएकी छन ।

आफ्नो परिवारका सदस्य श्रीमान ओमकृष्ण विमली दुई छोरीहरु र विद्यालयका संस्थापक अध्यक्ष जगतबहादुर राना, बडा अध्यक्ष भैरव कार्की, विर्तामोड ६ का वडा अध्यक्ष सूर्यकुमार कन्दङवा, विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, गोर्खा फाउण्डेशनका संस्थापक वीरबहादुर दर्नाल विद्यालयका शिक्षकहरुको उपस्थितीमा जन्मउत्सव मनाईएको थियो ।

Views: 278

