काठमाडौँ । तपाईँले चढ्ने मोटरसाइकल वा गाडीको नम्बरप्लेट कस्तो छ र कसरी नम्बर लेखिएको छ, याद गर्नुहोस् । यातायात व्यवस्था विभागले नम्बर लेख्ने नियम बमोजिम नलेखेको पाइएमा कारबाही गर्ने भएको छ । विभागले एक सुचना जारी गर्दै नियम अनुसार नम्बर प्लेट नलेख्ने सवारीधनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
आफूले चढ्ने मोटरसाइकल वा गाडीको नम्बर प्लेटको प्रयोग अधिकांशले गलत तरिकाले गरेको विभागले जनाएको छ । मोटर साइकल वा गाडीको अगाडीको नम्बर प्लेटमा तल र माथि गरी दुइ लाइनमा र पछाडिको नम्बर प्लेटमा तीन लाइनमा नम्बर लेख्नुपर्नेछ । यदि यस्तो नपाइए तपाईँ विभागको कारवाहीमा पर्नुहुनेछ ।
यसरी लेख्ने, जस्तैः
– अगाडिको नम्बर प्लेट
प्रदेश ३—०२
००१ प १२८६
– पछाडिको नम्बर प्लेट
प्रदेश ३—०२
००१ प
१२८६
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 265