Aamsanchar

मेसिनले च्याप्दा एक नेपाली युवाको हातै चुँडियो

Author Image
बुधवार, मंसिर ११, २०७६


मलेसियामा मेसिनले च्याप्दा नेपाली युवाको हातै गुमेको छ । मलकामा रहेको वाइ एच आई म्यनिफ्याक्चरीङ कम्पनीमा कार्यरत बारा कलैयाका दिपक शाह तेलीको मेसिनले च्याप्दा दायाँ हात चुँडिएको हो।

उनी विगत साढे ३ वर्षदेखि उक्त कम्पनीमा काम गर्दै आएका थिए। सोमबार राति ११ बजे कम्पनीमा काम गर्दा मेसिनमा हात चेपिएर पूर्णरुपमा घाईते शाहालाई सुपरभाइजरले २ घण्टापछि भेटेर उपचारको लागि मलका अस्पतालमा पुर्याएकाथिए।

उनको अप्रेसन सफल भएपछि मंगलबार वाडमा राखेर थप उपचार गराई रहेको सहकर्मीले डिसीनेपाललाई जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर