Aamsanchar

विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब सहयोग गर्ने

Author Image
बुधवार, मंसिर ११, २०७६


काठमाडौं । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रुपैयाँ र विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ विश्व बैंकले सहयोग उपलब्ध गराउन लागेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार उक्त सहयोग सम्बन्धी सम्झौतामा विश्व बैंक र अर्थमन्त्रालयबीच बुधबार सम्झौता हुने कार्यक्रम छ । सम्झौतापत्रमा अर्थ सचिव राजन खनाल र विश्व बैकका कन्ट्री म्यानेजर फारिस हडाड जेर्भोसले हस्ताक्षर गर्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर