मृगौला मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर फ्याँक्ने र शरीरलाई स्वस्थ राख्ने विशिष्ट अंग हो यो । मृगौलाले रगतको विकारलाई छान्ने, त्यसलाई शुद्ध र शरीरको लागि उपयोगी बनाउने काम गरिरहेको हुन्छ ।
रगतलाई शुद्ध अर्थात् विकाररहित बनाउनुका साथसाथै मृगौलाले विभिन्न हर्मोनहरु पनि पैदा गरिरहेको हुन्छ र यसले रगतमा रातो रक्तकोषको उत्पादनलाई पनि प्रोत्साहित गरिरहेको हुन्छ । मृगौलाले रगतको माध्यमबाट शरीरको लागि चाहिने खनिजहरु सोस्ने, बढी भएको पानीलाई फ्याँक्ने र रगतको पीएच स्तरलाई ठीक्कको अवस्थामा राख्ने काम गररहेको हुन्छ । मृगौलाले सही ढंगले काम गर्न सकेन भने विभिन्न खाले स्वास्थ्य समस्याहरु पैदा हुन थाल्छ । यस अर्थमा पनि मृगौलालाई हामीले विशेष ख्याल गर्नैपर्छ ।
मृगौला बिगार्न सक्ने १० बानीहरु…..
१. पर्याप्त मात्रामा पानी नखानु
२. जथाभावी पीडानाशक औषधीको प्रयोग
३. नूनको धेरै प्रयोग
४. लामो समयसम्म पिसाब रोक्नु
५. अत्यधिक गुलियोको सेवन
६. पर्याप्त मात्रामा नसुत्नु
७. धेरै प्रोटिनको सेवन
८. रक्सीको सेवन
९. हिँड्डुल कम गर्नु र एकै ठाउँमा अत्यधिक बसिरहनु
१०. धूमपान