Aamsanchar

अन्तर स्थानीय तहस्तरीय हाजिरीजवाफमा धुलाबारी मा.वि. प्रथम

Author Image
सोमवार, मंसिर १६, २०७६

विर्तामोड १६ मंसिर । नेपाल विद्यार्थी संघ झापाले आयोजना गरेको अन्तर स्थानीय तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि. मेचीनगर प्रथम भएको छ ।
कनकाई एजुकेशन फाउण्डेशन विर्तामोडमा आयोजित प्रतियोगितामा अन्य ११ प्रतिष्पर्धीलाई उछिन्दै धुलाबारी मा.वि.ले प्रथम स्थान ल्याई १९ हजार रुपैयाँ नगद, ट्रफी र मेडल हात पारेको हो । विजयी विद्यार्थीहरुको समूहलाई नेपाली कांग्रेस झापाका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि उद्वव थापाले ट्रफी,नगद पुरस्कार र मेडल प्रदान गर्नुभयो ।

देशको भविष्य विद्यार्थीको हातमा निर्भर रहने बताउँदै उहाँले अनुशासन, इमान्दारिता र अध्ययनमा अब्बल बन्न विद्यार्थीलाई आह्वान गर्नुभयो ।
प्रतियोगितामा निहारिका मावि कमल, जनता मा.वि. गौरादह र हिमाली मा.वि. दमकको बराबरी स्कोर भएपछि पुनः तीन समूहबीच प्रतिष्पर्धा गराइएको थियो । तीन समूहबीचको प्रतिष्पर्धामा निहारिका मा.वि. कमलले द्वितीय स्थान हात पार्दै १४ हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्न सफल भयो ।

यसैगरी जनता मा.वि. गौरादहले तृतीय स्थान हासिल गर्दै १० हजार रुपैया र मेडल प्राप्त गरेको थियो भने हिमाली माविले शान्त्वनामा चित्त बुझाउनुपरेको थियो ।
१२ वटा स्थानीय तहका १२ विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगिताका सवै प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमाणपत्र प्रदान गर्नुभएको ने.वि.संघ झापा उपाध्यक्ष भवानी काफ्लेले जानकारी दिनुभयो ।

ने.वि.संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रमका बीच २०४७ सालमा कनकाई क्याम्पसमा ने.वि.संघ स्थापना गर्दा संस्थापक अध्यक्षको नेतृत्व लिने सन्तोष सिटौलालाई सम्मान पत्रद्वारा सम्मान गरिएको मिलन चापागाईले जानकारी दिनुभयो ।
नेविसंघ पूर्व सहमहामन्त्री उमा शिवाकोटी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, राजेन्द्र चौलागाई, पोषराज कटुवाल, सन्तोष उप्रेती लगायत विद्यार्थी नेताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सञ्जय निरौला र गोकुल पौडेलले संयुक्त रुपमा गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)