साइबर विज्ञहरुका अनुसार साइबर आक्रमणको सबैभन्दा प्रमुख कारण इन्टरनेट कमजोर पासवर्ड रहने गरेको छ । त्यसैले साइबर सुरक्षाका लागि अनलाइन अकाउन्टको पासवर्डहरु सुरक्षित तथा मजबूत हुनु आवश्यक छ ।
सेक्योरिटी सर्भिस कम्पनी स्प्लास डाटाले इन्टरनेट जगतमा ह्याक गरेर लिक गरिएका ५० लाखभन्दा धेरै पासवर्डहरुको अनुसन्धान गरेको छ । सो अनुसन्धानपश्चात् कम्पनीले सन् २०१९ का सबैभन्दा असुरक्षित पासवर्डको सूचि सार्वजनिक गरेको छ ।
यदि तपाइँले पनि आफ्नो कुनै अनलाइन अकाउण्डमा यी मध्ये कुनै पासवर्ड प्रयोग गर्नुभएको छ भने आजै परिवर्तन गर्नुहोला । किनकी यी पासवर्डहरु यस वर्ष सबैभन्दा धेरै ह्याक भएका पासवर्डमा परेका छन् ।
पछिल्ला धेरै वर्षहरुझैँ यो वर्ष पनि 123456789 सबैभन्दा असुरक्षित पासवर्डको पहिलो स्थानमा परेको छ । दोश्रो स्थानमा 123456 रहेको छ ।
त्यस्तै तेश्रो स्थानमा qwerty, चौथो स्थानमा password र पाँचौ स्थानमा 1234567 रहेका छन् ।
यी हुन् सबैभन्दा असुरक्षित ५० पासवर्ड
1. 123456
2. 123456789
3. qwerty
4. password
5. 1234567
6. 12345678
7. 12345
8. iloveyou
9. 111111
10. 123123
11. abc123
12. qwerty123
13. 1q2w3e4r
14. admin
15. qwertyuiop
16. 654321
17. 555555
18. lovely
19. 7777777
20. welcome
21. 888888
22. princess
23. dragon
24. password1
25. 123qwe
26. 666666
27. 1qaz2wsx
28. 333333
29. michael
30. sunshine
31. liverpool
32. 777777
33. 1q2w3e4r5t
34. donald
35. freedom
36. football
37. charlie
38. letmein
39. !@#$%^&*
40. secret
41. aa123456
42. 987654321
43. zxcvbnm
44. passw0rd
45. bailey
46. nothing
47. shadow
48. 121212
49. biteme
50. ginger
हालै गुगलले प्रयोगकर्तालाई पासवर्ड लिक वा कुनै खाले ह्याकिङ्गबाट बचाउनका लागि एक खास टुल आफ्नो क्रोम ब्राउजरमा राख्ने निर्णय गरेको छ । उक्त टुलको माध्यमले प्रयोगकर्तालाई रियल टाइम सुरक्षा प्राप्त हुनेछ र आफ्नो पासवर्ड यसअघि पनि कहिल्यै लिक भएको थियो वा थिएन भन्नेसमेत जानकारी पाउन सकिनेछ ।