Aamsanchar

एकता टोल विकास सस्थाको अध्यक्षमा सिटौला

Author Image
आइतवार, पौष १३, २०७६

एकता टोल विकास संस्था बिर्तामोड ४ को अध्यक्षमा हरिप्रसाद सिटौला निर्वाचित भएका छन। आज सम्पन्न साधारणसभाले सिटौलाको अध्यक्षतामा २ बर्षे कार्यकालका लागि ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा भुमा देबि घिमिरे, सचिब गोपाल बाराकोटी, सह सचिव उशा खरेल र कोषाध्यक्ष्मा भिम श्रेष्ठ रहनु भएको छ। त्यस्तै सदस्य हरुमा जमुना राजवंशी,लक्ष्मी प्रसाद प्रसाई, दूधबहादुर गुरुङ्ग, कृष्ण राजवंशी, कुमार मैनाली र कृष्णमाया खरेल लाई चयन गरिएको छ।

साधारणसभाले शिक्षा सेवी राजेश खड्काको सयोजकत्वमा ९ सदस्यिय सल्लाहकार समिती समेत गठन गरेको छ। जसको सदस्यहरुमा राज कुमार शाह, प्रीति बुढाथोकी ,डम्बर खड्का, हिमालय कन्दङ्ग्वा, वेदप्रसाद रेग्मी, भुवन ढकाल, आश्मा कन्दङ्वा, र यज्ञ चूडाल रहेका छन । कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड वार्ड न ४ का अध्यक्ष कुल प्रसाद संग्रौलाले स्थानीय सरकारको टोल बिकास अवधारणा अनिवार्य भएकाले सोहि अनुरुप टोल बिकास गठन भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा पतन्जली योग समिती झापा अध्यन देबि प्रसाद घिमिरे, होम प्रसाद सिटौला लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम कै अवसरमा टोलका जेष्ठ नागरिक ८३ बर्षिय श्रीकृष्ण चूडाल, ७५ बर्षिया नरमाया ढकाल र उत्कृष्ट चन्दा दाता गंगादेबि सिटौलालाई सम्मान गरिएको थियो। भुमादेबी घिमिरेले स्वागत गर्नु गरेको कार्यक्रममा कोषाध्यक्ष भिम श्रेष्ठले आयब्यय प्रस्तुत, कार्यक्रमको संचालन सचिव गोपाल बाराकोटिले गरेका थिए। २०७३ सालमा एकता टोल सुधार सस्थाको रुपमा जिल्ला प्रशासन झापामा दर्ता भयेको यो संस्थाको तेस्रो साधारण सभा सम्पन्न गर्दै बिधिवत रुपमा टोल बिकास संस्थामा परिणत भएको हो।जसमा ५१ घर धूरी छन भने ६ वटा रोड ब्लक रहेका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर