Aamsanchar

इराक र सिरियाका इरानसमर्थित बिद्रोहीका ५ स्थानमा हवाइ हमला

Author Image
सोमवार, पौष १४, २०७६


अमेरिकी सुरक्षाफौजले इराक र सिरियाका पाँच स्थानमा गरेको हवाइ हमला इरान समर्थित लडाकुसँग सम्बन्धित रहेको पेन्टागनले दाबी गरेको छ । इरानसमर्थित लडाकुहरुमाथि अमेरिकी र इराकी गठबन्धन सेना तैनाथ स्थानहरुमा शृङ्खलाबद्ध आक्रमण गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

आइतबार इस्टर्न टाइम ९इटी० अनुसार बिहान ११ बजे हवाइ हमला गरिएको सीएनएनमा उल्लेख गरिएको छ । शिया बिद्रोही समूह कताइब हेजबोल्लाहले हालै गरेको शृङ्खलाबद्ध आक्रमणको जवाफी कारवाही स्वरुप यो हमला गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

पेन्टागनका प्रवक्ता जोनाथ हफम्यानले विद्रोही समुहमाथि गरिएको ‘सटिक रक्षात्मक हमला’ ले गठबन्धन सेनाविरुद्ध भविष्यमा आक्रमण गर्न सक्ने विद्रोही समूहको क्षमतालाई कमजोर तुल्याउने आशा व्यक्त गरे ।

डिफेन्स सेक्रेटरी मार्क एस्परले हवाइ कारवाही अघि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि ब्रिफिङ गरिएको र उनको सहमतिपछि त्यसलाई कार्यान्वयन गरिएको जानकारी दिए ।

एस्परसहित सेक्रेटरी अफ स्टेट माइक पोम्पेओ र जोइन्ट चिफ चेयरम्यान मार्क माइलीले ट्रम्पसँग हवाइ हमलाको बारेमा छलफल गरेका थिए ।

अमेरिकी हवाइ हमलामा परी कम्तिमा २५ जनाको ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर