Aamsanchar

कसैको दबाबमा संविधान संशोधन हुँदैन

Author Image
सोमवार, भदौ २०, २०७३

काठमाडौं :

xComrade-K-P-Oli-060715-700-1.jpg.pagespeed.ic.HHjvayOYeu

नेकपा एमाले अध्यक्ष केपी ओली कसैको दबाबमा संविधान संशोधन नहुने बताएका छन् ।

थाइल्यान्डको बैंककमा स्वास्थ्य जाँच तथा उपचार गराएर सोमबार काठमाडौं फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग भने, ‘कसैले गर भन्दैमा संविधान संशोधन हुने होइन । लहड र वहकावमा संविधानमा फेरबदल हुँदैन ।’

उनले संविधान संशोधनको आवश्यकता, औचित्य र कारणबारे सरकार नै स्पष्ट नरहेको बताउँदै भने, ‘पहिले सरकारले संशोधन गर्नुपर्ने औचित्य र कारण स्पष्ट पार्नुपर्यो । अनि बल्ल त्यसमा छलफल चलाउन सकिन्छ ।’ उनले तत्काल संविधान संशोधन गर्नपर्छ भन्ने पक्षमा एमाले नरहेको पनि स्पष्ट पारे।

सरकारले मधेसको माग सम्बोधन गर्न भदौंभित्रै संविधान संशोधन विधेयक संसद्‌मा पेस गर्ने तयारी गरिरहेको छ। संविधान संशोधन प्रस्ताव दर्ता गराएर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारीमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर