Aamsanchar

भैंसी किन्दा प्रहरीको फन्दा

Author Image
बुधवार, भदौ २२, २०७३

vaisi
बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–६ सुब्बा चोक निवासी महमद जमिल (माइला भाइ) भंैसी किनेकै कारणा इलाका प्रहरी कार्यालय बिर्तामोड धाउादैछन् ।
सोमवार लाग्ने धुलावारीको पशुहाटबाट ३८ हजार रुपैयाामा भंैसी किनेपछि उनी दुई दिनदेखि इलाका प्रहरी कार्यालय बिर्तामोड धाउन बाध्य छन् । मेचीनगर नगरपालिकाको कार्यालयले ठेक्का लगाएको पशुहाट सेवा शुल्क समेत तिरेर किनेको भंैसी लिएर घर आउादै गर्दा उनलाई सोही दिन बाटैमा बिर्तामोड–५ निवासी टीकाप्रसाद खतिवडासहित स्थानीयवासीले नियन्त्रणमा लिए ।
पूर्व–पश्चिम राजमार्गको बिर्तामोड नगरपालिका–७ स्थित वुट्टावारीबाट उनलाई सोमवार भंैसीसहित इलाका प्रहरी कार्यालय बिर्तामोड पुर्‍याइयो । कारण थियो उनले किनेको भंैसी चोरीको रहेछ ।
भैंसी धनी खतिवडाले सोमवार वसपार्कको खुल्ला चौरमा चरनका लागि पघा लगाएर (चरनका लागि लामो डोरीले बााधेर राख्नु) छाडेको भैंसी विहान १० वजे हराएको थियो । हराएको भैंसी दिनभर खोज्दासमेत नभेटिएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा भैंसीको खोजतलास गरिदिन निवेदन दिन आउादै गर्दा माइलाले वुट्टावारीमा भंैसी लिएर आउादै गर्दा उनी भैंसीसहित पक्राउ परे । माइलाले आफूले धुलावारी बजारबाट भंैसी किनेर ल्याएको भन्दै रसिद देखाउादा पनि उनलाई खतिवडाले नछाडेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा भंैसीसहित दुवैपक्ष उजुरीका लागि आएका थिए ।
उजुरीका आधारमा प्रहरीले दुवै पक्षलाई छलफलमा राख्यो । सोमवार सााझसम्म दुवैपक्ष छलफलमा बसे पनि निष्कर्ष ननिस्किएपछि खतिवडाले भैंसी डोर्‍याएर घर लगे । प्रहरीले पुन: मंगलवार दुवैपक्षलाई छलफलमा बोलायो । मगलवार पनि दुवैपक्षले आ – आफ्नै अडान राखे । माइलाले आफूले बजारबाट भैंसी किन्दा दिएको रसिदलाई प्रमाण मान्दै भंैसी आफ्नो हुनुपर्ने अडान राखे ।
यता खतिवडाले हराएको भैंसी आफ्नो भएको र आफ्नै भैंसी लान पैसा नतिर्ने अडान राखेपछि इलाका प्रहरी कार्यालयमा भएको छलफल पनि निष्र्कषविहीन बन्यो । दुई दिनसम्म दुवैपक्षबीच भएको छलफलबाट कुनै निष्र्कष ननिस्किएपछि प्रहरीले दुवैपक्षलाई पुन:अर्काे मंगलवार छलफलका लागि बोलाएको छ ।
प्रहरीले एक सातासम्मको अवधिभित्र भैंसी चोरीमा सम्लग्नको खोजी गर्ने जनाएको छ । माइलाले किनेको भैंसी विक्री गर्ने धाइजन –६ का अनिल तामाङ रहेको भैंसी किन्दा दिइएको रसिदमा उल्लेख छ । तर भैंसी कसले चोर्‍यो र कसले विक्री गर्‍यो अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताए ।
प्रहरी नायव उपरीक्षक खत्रीले सस्तो मूल्यमा माल पाएा भन्दैमा जथाभावी नकिन्न र शंका लागे प्रहरीलाई खवर गर्न पनि आग्रह गरेका छन् । माइलाले किनेको भैसी ८० हजार मूल्य वरावरको रहेको र ३८ हजार रुपैयाामा भैंसी पाइयो भनेर किनेको हुदा समस्या उत्पन्न भएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)