Aamsanchar

सम्पत्तिको किचलो,१५ बर्ष अघि नै अंशवण्डा 

Author Image
बुधवार, भदौ २२, २०७३

ansha
विर्तामोड ।
झापाका पुराना उद्योगपति स्व. मोहनलाल अग्रवालका जेठो छोरा महेश अग्रवालले गरिरहेको अंश दावी विवाद चर्किए लगत्तै माइला छोरा सुरेशले सबै दाजुभाइबीच अंश वााडफााड भइसकेको बताएका छन् ।
स्व. मोहनलाल र छोराहरु महेश, सुरेश र हरिशकाबीचमा २०५८ असोज २२ गते जिल्ला मालपोत कार्यालय झापामा अंशवण्डा भइसकेको सुरेशले दावी गरेका छन् । प्रमाणको रुपमा रसिद नम्बर १०६४ (ख) बाट रितपूर्वक अंशवण्डा भएको सुरेशको भनाइ छ ।
दाजुभाइको अंश विवाद सडकसम्म पुगेकोमा आपत्ति जनाउादै बुवाबाटै परिवारका सम्पूर्ण सदस्य बीच लिखित रुपमा अंशवण्डा भइसकेको सुरेशले बताए । बाबु जीवित रहादा दाजु महेश नेपाल नआउनु र बुबाको मृत्यु भएको एक बर्षमै मसंग अंश माग्नु कानूनी रुपमै नमिल्ने सुरेशको भनाइ छ ।
दाजुले अंशवण्डा नभएको भन्दै अनर्गल र एक पक्षीय प्रचार गरिरहेकोमा आश्चर्य प्रकट गर्दै महेशको नाममा झापामा रहेको सम्पत्ति अहिलेसम्म आफूले नचलाएको सुरेशले बताए ।
सुरेशले भने– मोहन टी इण्डष्ट्रिजको २२ विगाह जग्गाको बिषयलाई लिएर हामीबीच विवाद बल्झिएको हो । मोहन टी इण्डष्ट्रिजको बिषयमा अदालतमा मुद्दा बुबाले हाल्नुभएको हो । त्यसमा मेरो कुनै संलग्नता रहेको छैन– उनले भने । बुवाको हस्ताक्षरमा ०६२ मा काठमाडौ जिल्ला अदालतको १७१ (क) को आदेश १७१ (ख) र पुनरावेदन अदालत पाटनमा मुद्दा परेको र हाल सर्वोच्च अदालतमा मुद्दा चलिरहेकै आधारमा ०५८ देखि हालसम्म आफूले नै कारोबार हेर्दै आइरहेको उनले बताए ।
दाजु महेश नेपाल फर्किए लगत्तै मोहन टी इण्डष्ट्रिजको चिया बगानमा गएर हस्तक्षेप गरेका थिए । दाजुले हस्तक्षेप गरेको सात दिन भित्रै अदालतले कारोबार हेर्दै आइरहेको व्यक्तिकै नाममा स्टे अर्डर दिएकोले पुन: आफूले नै कारोबार हेर्दै आइरहेको उनले बताए ।
मित्तल टी, कुवाडी देवी टी र मित्तल सिमेन्टमा हालसम्म पनि दाजु महेशको शेयर सुरक्षित रहेको छ । शेयर सुरिक्षत रहे पनि भाइले शेयर खाएको आरोप लगाउादै हिाडेकोमा उनले दु:ख व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)