Aamsanchar

चीनको हुवेई प्रान्तबाट नेपाली फर्काउने तयारी, आइतबार ९ बजेअघि नै फारम भरिसक्न आग्रह

Author Image
आइतवार, माघ १९, २०७६

काठमाडौँ । बेइजिङ–कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवेई प्रान्तका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर सो जानकारी दिएको हो।

नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे अघि नै फारम भरिसक्न समेत दूतावासले सूचनामा उल्लेख गरेको छ। फारम भरेका बाहेक अन्यलाई नेपाल नपठाइने भएकाले सबैलाई सो समयअघि फारम भरिसक्न दूतावासले आग्रह गरेको छ। फारम भर्नेको संख्या हेरेर विमान चाटर्ड गरी स्वदेश फर्काइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ। आजको नागरिक दैनिकमा खबर रहेको छ ।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर