Aamsanchar

अब युट्युबबाट संसद बैंठक ‘लाइभ’

Author Image
बुधवार, भदौ २२, २०७३

काठमाडौं ।

Samsad

व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ ।

‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सैसद सचिव हिलाल सुबेदी रु सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युवमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।

व्यवस्थापिका संसदका हरेक बैठकको प्रतयक्ष प्रसारण युट्युवबाट गए मोफसलमा रहेका सञ्चारमाध्यमसमेत लाभाविन्वत हुने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर