Aamsanchar

सिँचाइमन्त्री दीपक गिरीलाई ५१ किलोको माला

Author Image
बुधवार, भदौ २२, २०७३

dipak giri

तुलसीपुर (दाङ) ।

सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ ।

उहाँलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले आज यहाँ आयोजित कार्यक्रमा सो मालाले स्वागत गर्नुभएको हो ।
मन्त्री गिरीले दाङको विकास निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै अवरुद्ध तुलसीपुरको बिमानस्थल सुचारु गर्न पनि पहल गर्ने बताउनुभयो ।
यस विषयमा पर्यटन मन्त्रीसंग कुराकानी गर्ने र तुलसीपुर–सुर्खेत सडकखण्डको रोकिएको कालोपत्रे पुरा गर्न पहल गर्ने उहाँले जानकारी दिनुभयो ।
आजै नै सिँचाइमन्त्री गिरीलाई तुलसीपुर नगरपालिकाले पनि स्वागत गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर