Aamsanchar

अनशन तोड्न गङ्गामायालाई राष्ट्रपतिको आग्रह

Author Image
बुधवार, भदौ २२, २०७३

काठमाडौँ ।

gangamaya

राष्ट्रपति विद्यादेवी भण्डारीले अनशनरत गङ्गामाया अधिकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।  विगत छ वर्षदेखि अनशनरत गङ्गामाया अधिकारीको रक्षार्थ ‘गङ्गामाया बचाउ’ अभियानसम्बद्ध मानवअधिकारकर्मीसँगको भेटमा आज राष्ट्रपति भण्डारीले गङ्गामायाको कदमलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै न्यायका लागि अनशनरत उहाँले अनशन तोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले कुनै पनि व्यक्तिले न्यायका लागि आफ्नो जीवन दाउमा राख्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको बताउनुभयो । मानवअधिकारकर्मी इन्द्र अर्यालले गङ्गामायालाई न्याय दिलाउने अभियानमा मानवअधिकारकर्मीको साथ र सहयोग सदैव रहने र सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहने बताउनुभयो ।

उक्त अभियानअन्तर्गत प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबारलगायत स्थानमा पटक पटक धर्ना कार्यक्रम गरिसकिएको छ ।  विसं २०६१ मा मारिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग गर्दै छ वर्षदेखि गङ्गामाया अनशन बस्दै आउनुभएको छ । सँगै अनशनमा रहनुभएका श्रीमान् नन्दप्रसाद अधिकारीको ३३४ दिनमा निधन भएपछि गङ्गामाया एक्लैले अनशनलाई निरन्तरता दिइरहनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर