Aamsanchar

भद्रपुरमा दुर्लभ अजिङ्गर फेला

Author Image
बिहिवार, भदौ २३, २०७३

ajingar bhadrapurभद्रपुर  ।

झापाको भद्रपुरमा दुर्लभ जातको सानो आकारको कमन पाइथन अजिङगर बुधावार बेलुका फेला परेको छ ।

भद्रपुर नगरपालिका ५ बस्ने लक्ष्मण प्रधानको घरको आगनमा रहेको कदमको रुखमा अजिङगर फेला परेको हो । रुख माथि रहेको अजिङगर हेर्नलाई प्रधानको घरवरिपरी स्थानीयको घण्र्टौ सम्म भिड लागेको थियो ।

४० फिट अग्लो रुखमा फेला परेको अजिङगरलाई आधा घण्टा लगाएर जिल्ला वन कार्यालय झापाका कर्मचारीले सुरक्षित साथ नियन्त्रणमा लिएको छ ।

अन्दाजी ३ इन्च गोलाई र साढे ५ फिट लम्बाई, १० केजी तौल भएको अजिङगरलाई वनका कर्मचारीले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको अजिङगरलाई चन्द्रगढी सामुदायिक वनमा लगेर छाडिदिने वनका कर्मचारी रामनाथ यादवले जानकारी दिए । प्रधानको आगन अगाडीको रुखमा चरा गुड थियो । गुडमा चरा कराउन थालेपछि घरका सदस्यले रुखमा हेर्दा अजिङगर देखपछि स्थानीयमा हल्ला गरेका थिए । घरधनी लक्ष्मणका अनुसार रुखमा चरा खान रुखमा चढेको अनुमान गरेका छन । यता वडा प्रहरी कार्यालय भद्रपुरले मेचीमा आएको बाढीको बेला पहाडबाट पानीसगै अजिङ्गर आएको हुन सक्ने जनाकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर