Aamsanchar

सार्क राष्ट्र कोरोना विरुद्ध ‘भिडियो कन्फरेन्स’ गर्दै, प्रधानमन्त्री ओली पनि सहभागी हुने

Author Image
आइतवार, चैत २, २०७६

फायल तस्वीर

काठमाडौं । सार्क राष्ट्रले कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउने भएका छन् । त्यसका लागि सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ अर्थात् भिडियो सम्वाद गर्न लागेका छन् । उनीहरूले भिडियो सम्वाद मार्फत् सहकार्य अघि बढाउन लागेका हुन् । पाँच वर्षदेखि सार्क अवरुद्ध छ ।

भिडियो सम्वाद आइतबार साँझ ५ बजे हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि यस संवादमा सहभागी हुनेछन् । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुन लागेको जानकारी दिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज भएका थिए । २०७१ सालमा १८ औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन । आज हुन लागेको भिडियो कन्फरेन्सलाई सार्क ब्यूँताउने रणनीतिका रूपमा पनि लिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर